दमौलीमा प्रचण्ड–नेपालको विरोध सभा, प्रधानमन्त्री कायर होः पुन

  • ख-
  • ख+

दमौलीः प्रचण्ड नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटि सदस्य एवं पुर्व उर्जा मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको बताएका छन् ।

‘सार्वभौमसत्ता म सँग निहित छ भनेर हाम्रो प्रधानमन्त्रीले भनेका छन् । तर संविधानले सार्वभौमसत्ता जनतामा मात्रै निहित हुन्छ भन्छ,’ पुनले भने ।


नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्बद्ध जनसंगठनका जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि रहेका पुनले शनिबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै पाँच वर्ष स्थिर सरकार चलाउन नेपाली जनताले म्याण्डेट दिएको भए पनि त्यो म्याण्डेट भुल्ने र जिम्मेवारी कुल्चने प्रधानमन्त्रीले गरेको आरोप लगाए । ‘प्रधानमन्त्रीलाई मकैको गोठालो बाँदरलाइ राखेसरह भएको छ,’ उनले भने ।

अप्ठ्यारोमा पारेर काम गर्न दिइएन भनेर संसदबाट भाग्ने काम प्रधानमन्त्रीले गरेको भन्दै उनले भने,‘भाग्ने कायर मान्छे कसरी नेता हुन्छ ?’
संविधान मिचेर संवैधानिक नियुक्ति गरिएको र फरक विचार समुहलाइ धम्कीपूर्ण भाषा प्रयोग गरिँदैछ, खबरदार हामी कोहीसँग हामी पछाडि हट्नेवाला छैनौं,’ पुनले भने ।

पार्टीका जिल्ला इञ्चार्ज एवं प्रदेसका आन्तरिक मामिला मन्त्री ईन्चार्ज हरिबहादुर चुमानले देश अफ्ट्यारो परिस्थितिमा आइपुगेको भन्दै यस्तो कल्पना आँफुहरूले नगरेको बताए ।


कार्यक्रममा नेताहरू आशा कोइराला, विद्या ढकाल, पिएल श्रेष्ठ, श्रीराम कार्की लगायतले केपी ओलिको कदमको विरोध गरेका थिए । कमल गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका ईश्वर बस्याल, अनेरास्ववियुका डम्बर विक लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी