
दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विश्राम लिने बेला नभएको बताएका छन् ।
तनहुँ टेलिभिजनलाई दिएको अन्र्तवार्तामा पौडेलले देश विकासको बाटोम अघि बढ्न लागे पनि प्रधानमन्त्रीको कदमका कारण संकटमा परेको भन्दै आफूले त्यसलाई निकास दिएर मात्र विश्राम लिने बताएका छन् ।

‘मेरो वानप्रस्थ अवस्थामा जाने बेला भैसकेको छैन,’ उनले भने,‘मेरो जिम्मेवारी पुरा गरेर मात्र त्यसबारे सोच्छु ।’ पत्रकार पवन पौडेललाई दिएको अन्र्तवार्तामा उनले संसद पुनस्र्थापना नभए ईतिहास दोहोरिने चेतावनी पनि दिए । ‘संसद पुनस्र्थापना नभए ईतिहास दोहोरिन्छ,’ उनले भने ।