
दमौलीःनेकपा नेता एवं पूर्व अर्थ मन्त्री वर्षमान पुन र नेकपाकी नेतृ रामकुमारी झाँक्री दमौली आउने भएका छन् ।
नेकपाको प्रचण्ड–नेपाल खेमाले शनिबार आयोजना गरेको जनवर्गीय संगठन र मोर्चाहरुको भेलालाई सम्बोधन गर्न नेताद्वय दमौली आउन लागेका हुन् ।
नेकपाको ओली समूहले सभा गरेको केही साताको अन्तरालमा प्रचण्ड–नेपाल खेमाले समेत सभा गर्न लागेको हो ।
सभामा खेमा निकट केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, अर्का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी अञ्चल सदस्य शंकरनारायण श्रेष्ठ, ओमराज आलेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा व्यास नगर कमिटी सभापति श्रीराम कार्कीले जानकारी दिए ।