घाँसीकुवामा मोटरसाइकल पल्टियो १ को मृत्यु, २ घाइते

  • ख-
  • ख+

दमौली:व्यास १२ घाँसिकुवामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् ।

दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ ८ निवासी २२ वर्षका गोविन्द मगर छन् । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल ग १ ह ०४ नम्बरको अटो संग ठोकिएर बा ४ ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते हुनेमा धादिङ ८ गल्छीबेसी निवासी २० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष छन् ।

घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

*यस अघि ग १ ह ०४ नम्बरको अटो हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी