मोरङ भेट्रान्सले उचाल्यो प्रथम सिमलटार कप

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुरको चामुण्डामाई युथ क्लबको आयोजनामा सञ्चालित प्रथम सिमलटार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको कप मोरङ भेट्रान्सले उचालेको छ ।

बुधबार भएको फाइनल खेलमा बन्दीपुर युवा समुहमाथि जित दर्ता गर्दै मोरङ भेट्रान्सले उपाधिमाथि कब्जा जमाएको हो ।


निर्धारित समयमा बराबरी परे पछि ट्राइब्रेकर मार्फत ३–४ अन्तरले भेन्ट्रान्सले जित दर्ता गरेको हो । बन्दीपुरले उप विजेतामा चित्त बुझाएको छ ।भेट्रान्सले कपका साथमा ५० हजार रुपैयाँ, ट्रफी र मेडल तथा बन्दीपुरले २५ हजार, ट्रफी र मेडल र प्रमाणपत्र पाएको छ ।


प्रतियोगितामा हाई स्कोरर बन्दीपुर युथ क्लबका मनिष आले घोषित भए । नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्य समितिको प्रायोजनमा गरिएको प्रतियोगिताका विजेतालाई नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे ।


आयोजक क्लबका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बन्दीपुर सभापति कर्ण खत्री, वडाध्यक्ष हस्त जिसि, कांग्रेस नेताहरु पूर्व सभापति ध्रुवलाल प्रधान, महाधिवेशन प्रतिनिधि श्याम मौरतीसहितका नेता कार्यकर्ता तथा जनप्रतिनिधिले बोलेका थिए ।


प्रतियोगितामा २९ क्लबको सहभागीता रहेको र पहिलो कप नै उत्कृष्ट बनेको प्रतियोगिता आयोजनामा सघाएका क्लबका संरक्षक रोजनराज बानियाँले जानकारी दिए ।

प्रतियोगिता आयोजनामा बानियाँसँगै सागर सापकोटाले मुख्य भूमिका खेलेको क्लबले जनाएको छ । प्रतियोगतिामा भुपेन्द्र बानियाँ राजुले फुटबल सौजन्य गरेका थिए । प्रतियोगितामा बन्दीपुर गेष्ट हाउसले बेस्ट प्लेयरलाई प्याराग्लाईडिङमा सपोन्सर गरेको छ । यसैगरी सामाजिक कार्यकर्ता टिकाकुमारी सापकोटाले चामुण्डा क्लबलाई जर्सी सौजन्य गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी