तनहुँका डोजर व्यवसायी र नर्समा कोरोना संक्रमण

  • ख-
  • ख+

भदौ १७, दमौली
तनहुँका एक डोजर व्यवसायी र स्टाफ नर्ससहित गण्डकी प्रदेशमा ३६ नयाँ कोरोना संक्रमण देखिएको छ । संक्रमित डोजर व्यवसायी व्यास ६ घर भै हाल पोखरा अमरसिंह चोकमा डोजर व्यवसाय गर्छन् । उनले आफैं शंका लागेर गण्डकी अस्पतालको सशुल्क कोरोना परीक्षण सेवा लिएका थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसारउनमा संक्रमण देखिएको हो ।
यसैगरी संक्रमितमा शुक्लागण्डकी १ घर भै हाल पोखराको पार्कल्याण्ड अस्पतालमा कार्यरत नर्स पनि छन् । पछिल्लो नतिजाले पोखरा महानगरमा धेरै संक्रमण देखाएको छ ।

निर्देशनालयको नतिजामा २४जना मात्र पोखरा महानगरका व्यक्तिमा संक्रमण देखिएको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी