म्याग्दे ७ को वडा भवन शिलान्यास

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे :
म्याग्दे गाउँपालिका वडा नं ७ को वडा कार्यलय भवनको बुधबार शिलान्यास गरिएको छ । भवनको शिलान्यास गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गुणस्तरीय भवन समयमै बन्ने कुरामा आँफु विश्वस्त रहेको बताइन् ।

गाउँपालिकालाई सबै क्षेत्रको उत्तिकै चासो र चिन्ता रहेको भन्दै आवश्यकताका आधारमा गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको रानाले बताईन् । अहिलेसम्म कार्यपालिकाको १ सय ३ वटा वैठक बसेको र सवै वैठक सौहार्दपुर्ण तरिकाले बृहत छलफल सहित हुँदै आएको उनले बताईन् ।

मानुङ र हर्कपुरमा खोलिएको होमस्टेले गाउँपालिका लाई चिनाउन मद्दत गरेको र स्थापित भैसकेको उनको भनाइ थियो । गाउँपालिका भित्रका बाटोहरूमा पिचको काम अगाडि बढाइसकिएको र धयेंरे बाट किल्चोक जाने तथा थर्पुबाट छाङ जाने बाटो पिच समेत भैसकेको उनले वताईन् ।

सोहि कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बाटोघाटो , नाला , पिच , पानी , बत्ती लगायतका सबै सेवा सुविधा आफ्नैँ घर आँगनमा टोल छिमेकमा मात्रै हुनुपर्छ भन्ने मान्यता नराख्न उनले आग्रह गरे ।

सवै जनताको पहुँचमा बिकास पुर्याउनु पर्छ भन्ने गाउँपालिकाको मान्यता रहेको घिमिरेले प्रस्ट्याए । वडा कार्यलय राख्दा भुगोलका हिसाबले कतै अपाइ परेको महशुस भए पनि भावनाले समेट्ने प्रयास गाउँपालिकाले गरेको र त्यस्तो ठाउँमा सेवाकेन्द्र खोलेर समेत सेवा दिन सकिने बारेमा सोचिरहेको उनले बताए ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले यश वर्ष गाउँपालिकाको भौतिक पुर्वाधार निर्माणको बर्ष भएको बताए । स्रोतको सिमितता हुँदाहुँदै पनि गाउँपालिकाले अत्यधिक बिकासका काम गरेको अधिकारीले बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवसरण वाग्ले , सन्तमान श्रेष्ठ , विरेन्द्र प्रसाद वाग्ले , नारायण प्रसाद ज्ञवाली , चित्र बहादुर शाही , पुरूसोत्तम भण्डारी , दिलिप कुमार श्रेष्ठ , हर्क ब सेन लगायतले वडा भवन समयमै सम्पन्नताको लागि सुभकामना दिए ।

कार्यक्रममा गाउँपालिकाका प्राविधिक शिव ज्ञवालीले भ्याटसहित ८७ लाख ५७ हजार १ सय ७२ मा वडा कार्यलयको ठेक्का आब्हान भएकोमा भ्याट बाहेक ४५ लाख ३० हजार मा सम्झौता हुनको लागि आसयको सुचना निस्केको जानकारी दिए ।

१८ सय इस्क्वार फुट क्षेत्रफलमा बन्ने वडा भवन साँडे दुई तले बन्ने र ६ महिना भित्रमा सक्ने लक्ष्य राखिएको ज्ञवालीले बताए । वडा नं ७ का अध्यक्ष पदमराज वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत ध्रुव बहादुर थापाले र सञ्चालन अनिता वाग्लेले गरेकि थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी