राजापानी कलेस्ती दिगो समाजले गजौंडेमा एम्बुलेन्स ल्याउने

  • ख-
  • ख+

भानुः कलेस्ती उपत्यकाको सामाजिक विकासमा सक्रिय राजापानी कलेस्ती दिगो समाजले भानु १३ सहित व्यास नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का नागरिकलाई लक्षित गरिी छ महिनाभित्र एम्बुलेन्स खरिद गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना ल्याएको समाजका अध्यक्ष भक्तबहादुर गोदारले बताए ।


गोदारको अध्यक्षतामा समितिको काठमाडौंमा आयोजित वृहत् भेलाले नेपाल र विश्वभर छरिएर रहेको कलेस्तीबासी र गैर कलेस्तीवासीलाई समेत यो पुण्य काममा सरिक हुन आग्रह गरेको छ ।


समितिका सल्लाहकार एवं पूर्व वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर थापा तथा अर्का सल्लाहकार बालचन्द्र आचार्यले अभियानबाट कलेस्तीवासीले प्रत्यक्ष लाभ लिने भन्दै युवालाई अझै सक्रियतापूर्वक गाउँको विकास समाजसेवामा सरिक हुन सुझाव दिए ।



समाजका कोषाध्यक्ष रोशन रेग्मी(आरसी) ले अभियानको आर्थिक पारदर्शितामा ढुक्क भै सेवामा जुट्न सबैलाई आग्रह गरे । ‘मन र विचारपूर्वक इमानदारीसाथ अभियान अगाडि बढाएकोले सबैको उत्साह सहयोग र प्रतिवद्धता हामीले खोजेका छौं,’ उनले भने ।
तनहुँमा दर्ता भए पनि विश्वभरका व्यक्तिलाई समेटेर सामाजिक अभियान सञ्चालन गरिने कोषाध्यक्ष रेग्मीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी