संवैधानिक पदाधिकारीको सपथः राष्ट्रपति उपस्थित, उप राष्ट्रपति र सभामुख अनुपस्थित

  • ख-
  • ख+

काठमाडौं: संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अख्तियार प्रमुख प्रेमकुमार राईसहितका ती पदाधिकारीलाई शपथ ग्रहण गराएका हुन् ।

उप राष्ट्रपति र सभामुखको अनुपस्थिति रहेको कार्यक्रममा संवैधानिक आयोगका सदस्यहरुलाई आयोगका अध्यक्षहरुले शपथ ग्रहण गराए ।


सरकारले संवैधानिक आयोगसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरे पछि संवैधानिक परिषदले विभिन्न आयोगमा पदाधिकारी सिफारिश गरेको थियो ।

संसदीय सुनुवाई नभएकाले ४५ दिन पुगे पछि उनीहरुको स्वतः नियुक्ति भएको हो । यस अघि विघटन पछि मात्र पत्र पाएको भन्दै सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाईको पत्र फिर्ता पठाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी