अख्तियार प्रमुखसहित ४५ संवैधानिक निकायका पदाधिकारी नियुक्ति हुँदै

  • ख-
  • ख+

काठमाडाैं: लामो समयदेखिको अन्योल चिर्दै बुधवार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् ।

यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्ष सहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।


सोअनुसार बुधवार बिहान सबै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानूनतः उनीहरूको नियुक्तिपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने राजधानी दैनिकमा खबर छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी