तनहुँका तीन होटललाई थ्री स्टार (कुन होटल कुन वर्गमा हेर्नुस्)

  • ख-
  • ख+

दमौलीः तनहुँका तीन होटलले अति उत्तमको दर्जा पाएका छन् ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले गरेको अनुगमनका आधारमा तीन होटललाई गुणस्तरका आधारमा अति उत्तम भन्दै थ्री स्टारको लोगो प्रदान गरिएको छ ।


तनहुँमा यस्तो वर्गीकरणमा पर्ने होटलमा मर्स्याङदी रिसोर्ट बरादी, मुस्ताङ प्लाजा डुम्रे र फिस्टेल रेस्टुरेन्ट छन् । वर्गीकरण गरिएका २१ मध्ये छले टु स्टार अर्थात उत्तम र आठले सन्तोषजनक अर्थात वान स्टार पाएका छन् ।

तनहुँका होटलको स्तरीकरण लोगो वितरण तथा १ दिने अभिमुखिकरण कार्यक्रमका क्रममा यस्तो वर्गीकरण लोगो प्रदान गरिएको हो ।


मस्र्याङ्दी रिसोर्ट बरादीमा भएको कार्यक्रमका प्रमुख अतिथि तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले होटलले पाउने लोगो आफ्नो पहिचान भएको भन्दै यसलाई जोगाएर राख्नसक्नु पर्नेमा जोड दिए ।


तनहुँकै खोटलमा खाउँ खाउँ लाग्ने बनाउनुस्ः सहायक प्रजिअ बराल
‘जुनसुकै ठाउँका मानिसहरू जसले राजमार्गको यात्रा गरिरहेका हुन्छन्, उनीहरूलाई तनहुँकै होटलहरूमा खाना खाजा खाउँ खाउँ लाग्ने वातावरण बनाउनुस्,’ उनले भने ।


कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय दमौलीका प्रमुख प्रशान्त पोख्रेल तथा भैरहवाका प्रमुख विमल दाहालले व्यवसायीलाई अभिमुखिकरण गराएका थिए । कार्यक्रममा क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशी, चेम्बर अफ कमर्सका अध्यक्ष महेन्द्र मोहन भट्टराई, व्यवसायी नेताहरु गणेशकुमार श्रेष्ठ, विकास खनाल, चन्द्रकुमार कायस्थ लगायतले मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी