बन्दीपुरमा आधारभूत अधिकार अन्र्तक्रिया

  • ख-
  • ख+

बन्दीपुरः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दीपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा,
स्वास्थ्य, खाद्य र आवास गाउँपालिकाको प्राथमिकतामा रहेको बताए ।


शिक्षाको मुख्य जग नै प्राथामिक र आधारभुत तहको शिक्षा भएको भन्दै उनले सबै
प्रावि तहमा मन्टेश्वरी विधिको शिक्षा तथा धुलो रहित कक्षा कोठा तथा
आधारभुत तहमा पुर्ण दरबन्दी तथा सुचना प्रविधिको पढाई सुरु एवं माध्यमिक
तहमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न आवासिय र बसको
व्यवस्थापन सुरु गरिएको अध्यक्ष थापाले बताए ।


कोभिड संक्रमितको उपचारमा जिल्लामै पहिलो पटक आफ्नै आसोसेलेसन सहितको
अस्पताल बन्दीपुर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सकारात्मक कार्य
भएको अध्यक्ष थापाको भनाई थियो ।

गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले शिक्षा, स्वास्थ्य, खाद्य र
आवासको अधिकार जनताको सबैभन्दा महत्वपुर्ण अधिकार भएको हुँदा नीति तथा
योजना बनाउँदा त्यसलाई नै प्राथमिकतामा राख्ने गरेको बताईन् । ती अधिकारहरुको कार्यान्वयन गर्दा महिलालाई विशेष प्राथमिकतामा राखिएको उनले
बताईन् ।


गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र
आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका
प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग
सम्बन्धित कार्यक्रम र योजनाहरुलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने र नीतिहरु
बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताए ।


मानवअधिकार समुह बन्दीपुरकी सदस्य शान्ति कुँवरको अध्यक्षतामा भएको
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हस्तबहादुर जिसी, वडा नम्बर ६ का अध्यक्ष
सन्तबहादुर गुरुङ, कार्यपालिका सदस्य रनबहादुर चेपाङ लगायतले मन्तव्य राखेका
थिए । कार्यक्रमको सहिजकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गरेका
थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी