कांग्रेस पूर्व सहमहामन्त्री जोशीको दिल्लीमा उपचार

  • ख-
  • ख+

दमौली: पूर्व गृहमन्त्री एवं कांग्रेस पूर्व सह महामन्त्री गोविन्दराज जोशीको भारतमा उपचार शुरु भएको छ ।

दुई वर्ष अघि फोक्सोमा संक्रमण देखा परे पछि भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका जोशी फलोअप उपचारका लागि गएका हुन् ।


फलोअप उपचारका लागि पहिल्यै जानुपर्ने भए पनि कोभिड संक्रमण र लकडाउनका कारण रोकिएका उनी सोमबार दिल्ली गएका थिए । मंगलबारबाट दुई दिन उनको परीक्षण र नियमित उपचार हुने जोशीका छोरा दीपकराज जोशीले जानकारी दिए ।


संक्रमणका कारण अचेत अवस्थामै दिल्ली लगिएका उनी त्यसयता निको भएर राजनैतिक गतिविधिमा संलग्न थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी