धर्म आधारभूतको ५९ औं वार्षिकोत्सव

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिका वडा नं ६ धरमपानी स्थित धर्म आधारभुत विद्यालयको ५९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष डिल्लीसिं आलेको अध्यक्षतामा संचालित कार्यक्रम ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले ऋषिङ गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि प्राथमिकता दिएको बताए ।


कार्यक्रममा विशिष्ट अतिथि ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा,प्रशासकिय अधिकृत चिन बहादुर रानाभाट,शिक्षा शाखाका प्रतिनिधि वडा नं ६ का अध्यक्ष भक्त बहादुर आले अतिथिहरु वडा सदस्यहरु माधव थापा, शेरबहादुर आले, स्थानीय अभिभावक भिमबहादुर थापा ,सिताराम लुङ्गेली श्यामबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर आलेले ९९ लाख ३८ हजार रुपैयाँको वार्षिक आय व्यय विवरण प्रस्तुत गरेका थिए । विद्यालयलाई विद्यालयका भर्खरै अवकास प्राप्त प्रधानाध्यापक नरबहादुर थापाले विद्यालयलाई २२ हजार एक सय २२ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी