व्यास कार्यपालिका निर्णयः व्यासले करको दायरा बढाउने

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले करको दायरा बढाउने भएको छ । यसैगरी करको दरको समेत पुनरावलोकन गर्ने तयारी नगरपालिकाको छ ।

व्यास नगर कार्यपालिकाको सोमबार बसेको बैठकले यसका लागि आगामी नगर सभामा मस्यौदा प्रस्ताव तयार पार्नका लागि राजस्व परामर्श समितिलाई निर्देशन दिएको छ । समितिले दिएको प्रस्तावका आधारमा यससम्बन्धमा थप निर्णय हुने जनाइएको छ ।


पाँच वडामा कृषि जैविक विविधता कार्यक्रम
नगरपालिकाले व्यास ५ र ६ तथा ७, ९ र १० वडाका जग्गा समेटेर दुई फरक क्लस्टरमार बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गर्नका लागि वव्यास ७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।


बैठकले अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्य विधि २०७५ लाई संसोधन गर्ने समेतका निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी