
विकास खनाल
म्याग्देः म्याग्दे गाउँपालिकाको सभाहलको शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हलको शिलान्यास गरे ।
कार्यक्रममा वाग्लेले गाउँपालिकाको प्रशासनिक भवनलगत्तै गाउँ सभाहलको शिलान्यास हुनुले गाउँपालिकालाई स्थायित्व दिएको वाग्लेको भनाइ थियो ।
गाउँ कार्यपालिकाका सबै टिमले एक ढिक्का भइ नीति तथा योजना तयार गरेको र विकासका काममा पार्टी भन्दा माथि उठेर लागेकाले नै म्याग्दे हरेक काममा अब्बल देखिएको उनले बताए ।
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले शुरुवातमा कानुन बन्न ढिलाइ हुँदा काममा केही ढिलाइ भएको जस्तो देखिए पनि अहिले विकासले गति लिएको बताइन् ।

विकासमा राजनीति नगरेको उनको भनाइ छ । ‘हामीले विकासको काममा राजनीति हेरेका छैनौं,’ उनले भनिन्,‘त्यसैले हरेक काम सर्वसम्मत भएको छ ।’ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले थुप्रै बिकास निर्माणका काम गरेको बताए ।
शिक्षाको क्षेत्रमा पुर्वाधार निर्माण देखि बाटोघाटो फराकिलो , पिच सँगै खानेपानी का क्षेत्रमा पुरानो योजना मर्मत र नयाँ योजना सम्पन्न गर्ने काम गरिएको र ५ बर्ष भित्रमा सबैका घर घरमा खानेपानी धारा पुर्याइने नितिगत निर्णय गरिएको उनले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले सबैको साथ र सहयोगमा गाउँ सभाहल समयमै सम्पन्न हुने विश्वास ब्यक्त गरे । करिब नौ करोड ४९ लाख रूपैयाँ लागतमा सभाहल बन्ने डिपिआर तयार भएको उनले जानकारी दिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवसरण वाग्ले , पदमराज वाग्ले , बसन्त थापा , पदमबहादुर थापा , चन्द्रबहादुर रानाभाट , , श्रीबहादुर थापा ले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेकपाका दिलबहादुर नेपाली , काङ्ग्रेसका जुक्तराज वाग्ले , राप्रपाका हितमान कायस्थ , जनता समाजवादीका कृष्णराज घिमिरे , विश्वबहादुर अधिकारी , लगायतले सभाहल निर्माण तोकिएको समयमा सम्पन्न होस भन्ने सुभकामना मन्तब्य व्यक्त गरे ।
क्रमागत