नेविसंघ भानुले बाँढ्यो २७ विद्यार्थीलाई स्विटर र न्यानो कपडा

  • ख-
  • ख+

भानुः नेविसंघ भानुले भानु ३ स्थित दोरदोर प्राथमिक विद्यालयका २७ बालबालिकालाई स्विटर र शैक्षिक सामग्री प्रदान गरेको छ ।


नेविसंघका पूर्व सहमहामन्त्री आनन्दराज त्रिपाठीको उपस्थितीमा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयका ती विद्यार्थीलाई स्विटर र कापी कलम वितरण गरिएको नेविसंघ पूर्कोटका अध्यक्ष सुजन थपलियाले बताए ।


कार्यक्रममा नेवि संघका तनहुँ सह सचिव अजय थापा, तरुण दल आँबुखैरेनीका अध्यक्ष बिजय गुरुङ र उपाध्यक्ष दिपेन्द्र अधिकारी लगायतको उपस्थिती थियो ।


विद्यालयले सहयोगको आग्रह गरे पछि सहयोग जुटाएर सहयोग गरिएको अध्यक्ष थपलियाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी