तनहुँमा १११९ ले लगाए कोभिसिल्ड

  • ख-
  • ख+

दमौलीः कोभिडविरुद्धको कोभिसिल्ड खोप तनहुँमा एक हजार एक सय १९ स्वास्थ्यकर्मी तथा सम्बद्ध व्यक्तिले लगाएका छन् ।


स्वास्थ्य कार्यालय तनहुँका अनुसार खोप अभियानका क्रममा शनिबारसम्म सात सय आठले खोप लगाएकामा आईतबार चार सय ११ ले खोप लगाएको स्वास्थ्य कार्यालयका खोपसम्बन्धी अधिकारी विरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

आईतबार देवघाटको वृद्धाश्रमका ७४ जनाले पनि खोप लगाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्