विकास खनाल
म्याग्दे :म्याग्दे गाउँपालिकाले आफ्नो लोगो सार्वजनिकरण गरेको छ । आईतबार गाउँपालिकाको कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले लोगो सार्वजनिकरण गरेकी हुन् ।
म्याग्देले लोगो बनाउने काममा धेरै स्थानीय तहलाई उछिनेको छ ।
सार्वजनिक लोगोमा राष्ट्रिय झण्डा, सातवटै वडाका संकेत तथा अकला मन्दिर समावेस छ ।
यसैगरी म्याग्दे खोला, गाउँपालिकाको नक्सा, शान्तिको प्रतिक परेवा तथा झरना समावेश गरिएको र यसले गाउँपालिका समृद्ध रहेको संकेत प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

परामर्शदाता विनिता रानामगरले लोगो तयार पारेको गाउँपालिकाका प्रवक्ता एवं वडा नँ १ का अध्यक्ष शिवशरण वाग्लेले बताए ।

आइतबार नै गाउँपालिकाबाट सबै कार्यपालिका सदस्यहरू लाई एक एक थान लोगो उपलब्ध गराइएको र मंगलबारबाट सबै वडामा एक साथ प्रयोग गरिने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।










