वडा कार्यालयका लागि पण्डितद्वारा आठ आना जग्गा दान

  • ख-
  • ख+

म्याग्दे: तनहुँका एक व्यवसायीले वडा कार्यालय भवन निर्माणका लागि झण्डै एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् ।

तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं व्यवसायी कृष्णराज पण्डितले म्याग्दे ३ को वडा कार्यालयका लागि भन्दै निजी जग्गा दान गरेका हुन् । लालपूर्जा भएको जग्गाका अलावा वर्षौंदेखि भोगचलन गर्दै आएको थप जग्गा पनि वडाकै प्रयोजनका लागि हस्तान्तरण गरेको उनले बताए । पण्डितले जग्गा पास गर्न लाग्ने राजस्वसमेत आफैं व्यहोरेका छन् ।


हार्डवयर, पेट्रोल पम्प तथा अटोमोबाइल्स व्यवसायमा संलग्न पण्डितले जग्गा अभावमा भवन निर्माण हुन नसकेपछि आफ्नै जग्गा दिने निर्णय गरेको बताए । ‘जग्गा अभावमा भवनको काम नै शुरु हुन सकेको छैन,’ उनले भने,‘वडाको भवनका लागि बजेट भए पनि जग्गा नभएपछि आफ्नै जग्गा दिने निर्णय गरें ।’


वडाध्यक्ष श्रीबहादुर थापाले हाल महिलाको सामुदायिक भवनबाट काम चल्दै आएकामा जग्गा दाता भेटिए भवन बनाउने प्रक्रिया थाल्ने बताए । ‘जग्गा नहुँदा अहिलेसम्म वडा कार्यालय बनाउन सकिएको थिएन,’ उनले भने,‘अब जग्गा दाता भेटिएपछि आफ्नै भवन बनाउन काम थाल्नेछौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी