
दमौली: गोरखाली समाज तनहुँको अध्यक्षमा शम्भु्लाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । समाजको पाँचौ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको हो ।
समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिवमा एसबी नेपाली सहसचिवमा अन्जु पन्त तथा कोषाध्यक्षमा गुञ्जमान कोइराला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्द्रमाया गुरुङ,शिव कुमार श्रेष्ठ,नविन वस्ती,रनिल रोका,हिरा घले र साजन मग्रातीलाई समितिमा सर्वसम्मत चयन भएका छन् ।
समाजका सल्लाहकारमा चेतनाथ अधिकारी, रेवत शाह, यामबहादुर थापा, माधवबहादुर पन्त, नारायणप्रसाद अधिकारी, भोजबहादुर थापा मगर, झनकनारायण श्रेष्ठ, सावित्री श्रेष्ठ र अम्मर भण्डारी चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले गोरखामा घर भई हाल पेशा व्यवसायको सिलसिलामा तनहुँमा आएर संस्था गठन गरेर गोरखालीलाई समेट्ने कार्य प्रशंसानीय भएको बताए ।
स्याङ्जा सम्पर्क सदनका अध्यक्ष नारायण सापकोटाले दुख सुखको समयमा समाजको महत्वपूर्ण भूमिका हुने भएकोले संगठन आवश्यक रहेको औंल्याए ।
समाजका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उपाध्यक्ष झनक नारायण श्रेष्ठ,सल्लाहकार अम्मर भण्डारी,एस.बि.नेपाली, निवर्तमान सचिव राजकुमार श्रेष्ठ लगायतका वक्ताहरुले गोरखाली समाजलाई सशक्त रुपमा अघि बढाएर लैजानुपर्नेमा जोड दिएका थिए ।