प्रथम ऋषिङ कप फुटबल शुरू

  • ख-
  • ख+

ऋषिङ: ऋषिङ युवा विकास संघको आयोजनामा ऋषिङ्ग १ झापुटारमा खुला फुटबल प्रतियोगिता शुरु भएको छ ।प्रतियोगिताको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे ।

प्रमुख अतिथि वाग्लेले रेफ्री इन्द्र गुरुङलाई बल हस्तान्तरण गरि उद्घाटन गरेर खेल शुरु गरेका थिए । उनले प्रतियोगिताले गाउँपालिकामा खेलको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।उद्घाटनका दिन शनिबार सम्पन्न खेलमा आयोजक विरुद्ध फ्रेन्डस युनियन क्लबमा आयोजक ३ गोलले विजयी भएको छ ।

रिभर साईड युवा क्लब र मेट्राेनोमी युवा क्लब बीचको खेलमा मेट्राेनोमीले १ गोलले विजयी भएको छ । माघ २४ गते सम्पन्न हुने यस खेलमा प्रथम पुरस्कार रु.५०,५५५ र द्वितिय पुरस्कार रु.२५,५५५ राशी मेडल तथा प्रमाणपत्रको ब्यबस्था रहेको र हालसम्म २५ टिम दर्ता भएको आयोजकले जनाएको छ ।

संघका अध्यक्ष फलबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटनमा ऋषिङ्ग गाउँपालिका उपाध्यक्ष गिनु माया थापा, समाजसेवी भुपाल थापा, ने.का.सदस्य मोहन गिरी, आयोजक समितिका सचिव निता थापा, सदस्य भुलबहादुर आले लगायतले बोलेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी