पराशर कलेजमा पुनः हड्खले

  • ख-
  • ख+

दमौलीःपराशर कलेजको सञ्चालक समिति अध्यक्षमा तेश्रो कार्यकालका लागि सूर्यचन्द्र हड्खले सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यमा सूर्यकुमार सुब्बा, कुमार थापा, वैकुण्ठनाथ मिश्र, डिल्लीराम सुनार र यम सारु चयन भएका छन् । सञ्चालक समितिको सदस्य सचिवमा कलेज प्रमुख अमृत भण्डारी छन् ।


गत पुष २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समिति शनिबार घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी शिक्षा दिने शिक्षालय हेर्दा पराशर कलेज अग्रणी रहेको भन्दै यसलाई अघि बढाउन सक्षम नेतृत्व चयन भएको बताए ।

उनले अभिभावकको मन जितेर स्तरीय शिक्षा प्रदान गर्न कलेजलाई शुभकामना दिए ।
त्रिवि शिक्षाशास्त्र सङ्कायका पूर्व डिन प्राडा कृष्णप्रसाद गौतमले अनुभवी नेतृत्वले सफल रुपमा अघि बढाउने प्रतिवद्धता जनाए । राम्रो काम गरेकाले पत्याएको भन्दै अझ शैक्षिक प्रगतिको शुभकामना दिए ।


नव निर्वाचित अध्यक्ष सूर्यचन्द्र हड्खलेले तेश्रो कार्यकाल आफ्ना लागि अवसर र चुनौती दुवै भएको भन्दै कलेजलाई अझ उत्कृष्ट बनाउने प्रतिवद्धता जनाए ।


कलेज प्रमुख अमृत भण्डारीले नवनिर्वाचित सञ्चालक समितिको कार्यकालमा थप शैक्षिक प्रगति हुने विश्वास व्यक्त गरे । निर्वाचन प्रवन्ध समितिका सदस्य विश्वेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन प्रवन्ध समितिका सदस्य नन्दु थापालगायतले सञ्चालक समितिलाई शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी