तरुण दलको कार्यवाहक अध्यक्षमा हिरा थापा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँको कार्यवाहक अध्यक्षमा हिरा थापा चयन भएका छन् ।


दलका जिल्ला अध्यक्ष वीरबहादुर थापाले शुक्रबारबाट लागू हुने गरी थापालाई
कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।

उनले आफ्नो कार्यव्यस्तताका कारण कार्यसम्पादनमा बाधा पुगेकाले दलको विधान बमोजिम थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गर्दै दलको तरुण विभाग, केन्द्रीय समिति र जिल्ला कार्य समितिमा बोधार्थ दिएका छन् ।
थापा हाल पार्टीको आमन्त्रित जिल्ला सदस्य हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी