बन्दीपुरमा सिमलटार कप सेभेन ए साइड फुटबल शुरु

  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुर गाउँपालिका २ सिमलटारमा प्रथम सिमलटार कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले खेलले युवालाई रचनात्मक र सकारात्मक मार्गमा लैजान मद्दत गर्ने बताए ।


क्लबका अध्यक्ष राजु पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारी, नेपाली कांग्रेस तनहुँका पुर्व उपसभापति धुवलाल प्रधान, नेपाली कांग्रेस बन्दीपुर गाउँ समिति सभापति कर्ण खत्री, नेविसंघका नेता रोजन बानियाँ र नेपाल तरुणदल तनहुँका पुर्व सचिव परमेश्वर भटटराईले क्लबको सक्रियताको सराहना गरेका थिए ।


प्रतियोगिताको उद्घाटन खेलमा बन्दीपुर युवा समुहले कालिका युवा क्लबलाई ३–० गोलले पराजित गरेको छ । उद्घाटन खेलको म्यान अफ द म्याच बन्दीपुर युवा समुहका कप्तान मनिष आले घोषित भएको आयोजकले जनाएको छ ।


माघ २० गतेसम्म समापन हुने प्रतियोगितामा प्रथम टिमले नगद ५० हजार तथा दोश्रोले २५ हजार नगद सहित टफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, अनुशासित टिम र हाई स्कोर ल्याउने खेलाडीलाई नगद दुई हजार सहित मेडल प्रमाणपत्रले सम्मान गरिने छ ।


फुटबलमा तनहुँसहित कास्की, गोखा र काठमाण्डौँका गरि २९ टिम सहभागीता रहेको क्लबका संरक्षक एवं नेविसंघका नेता रोजनराज बानियाँले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी