देवराज महतारा व्यास अल्ट्रा म्याराथन च्याम्पियन

  • ख-
  • ख+


दमौली:तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै देवराज महतारा चौथो व्यास अल्ट्रा म्याराथनको विजेता भएका छन् । उनी कालीकोटका हुन्
मानुङबाट पुलिमराङ सम्मको ४४ किलोमीटर दूरी पार गर्दै उनी विजेता भएका हुन् ।  उनी साविक विजेतालाई दौडमा पछि पार्दै विजेता भएका हुन् । गत वर्ष दुई घण्टा ५९ मिनेटमा दौड पार गरेका सोलुखुम्बु्का सुमन कुलुङ राई यस पटक केही पछि परे ।

प्रतियोगितामा दूरी तीन घण्टा आठ मिनेट एक मिनेटमा पार गरेका राई प्रतियोगितामा दोश्रो भए । उनी प्रतियोगिताका पूर्व विजेता थिए ।
प्रतियोगितामा तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा दूरी पार गरेका वेदबहादुर सुनार तेश्रो भए । उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सदस्य हुन् ।

प्रतियोगितामा प्रथमका लागि ८५ हजार ७७ रुपैयाँ, दोश्रोका लागि ६५ हजार ७७ रुपैयाँ तथा तेश्रोका ल ागि ५५ हजार ७७ रुपैयाँ पुरस्कार छ ।

यसैगरी सान्त्वनाका लागि भने १६ हजार ७७ रुपैयाँ पुरस्कार तोकिएको छ ।

एक सय ७९ धावक दर्ता भए पनि एक सय ५३ धावक प्रतियोगितामा सहभागी थिए ।


अहिले पुलिमराङमा पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी