व्यास म्याराथनः एक सय ३३ धावक

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको आयोजनामा सञ्चालित चौथो व्यास अल्ट्रा म्याराथनमा एक सय ५३ जना दौडिएका छन् ।


एक सय ७९ जनाले सहभागीताका लागि फारम लगेकामा एक सय ५३ जना मात्र दौडमा सहभागी भएका थिए । यसपाली २० जिल्लाबाट धावक प्रतियोगितामा सहभागी रहेको दौडका प्राविधिक संयोजक रमेश भट्टचनले जानकारी दिए ।


मानुङमा आयोजित प्रतियोगिताको पूर्व अर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले उद्घाटन गरेका थिए । डा. महतले रिबन काटेपश्चात व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले सिठी फुकेर प्रतियोगिता उद्घाटन गरेका थिए ।


डा. महतले मानुङ र पुलिमराङ दुवै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले म्याराथनले व्यास नगरपालिकाको प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले तनहुँ जलविद्युतसहित यस क्षेत्रका ठूला विकास निर्माणका काममा कांग्रेसले विगतदेखि नै काम गरेको दाबी गरे ।

https://fb.watch/3jjfpfR2am/


नगर प्रमुख बैकुण्ठ न्यौपानेले सहिदको गाउँ र पर्यटकीय थलो जोड्ने गरी थालिएको प्रतियोगिता निरन्तर गर्दै आइरहेको भन्दै यसलाई निरन्तरताका लागि प्रतिवद्धता जनाए ।
व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उत्साहजनक सहभागीतामा प्रतियोगिता भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी