व्यास चौथो अल्ट्रा म्याराथन आज

  • ख-
  • ख+

दमौलीः हरेक सहिद दिवसमा व्यास नगरपालिकाले आयोजना गर्दै आइरहेको चौथो खुला व्यास नगर अल्ट्रा म्याराथन आज शुरु हुँदैछ ।

पर्यटकीय मानुङ डाँडाबाट पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको म्याराथनको कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थ मन्त्री डा. रामशरण महतले उद्घाटन गर्दैछन् । विहान करिब ८ बजे प्रतियोगिता उद्घाटन गर्ने तयारी गरिएको छ ।


अहिले पर्यटकीय मानुङ डाँडामा धावक तथा दर्शक पुग्न थालिसकेका छन् ।
नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा करिब एक सय ७० धावक सहभागी हुने अनुमान गरिएको छ ।


प्रतियोगिमा स्थानीय धावकका अलावा राष्ट्रियस्तरका धावक पनि सहभागी हुँदैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी