तनहुँमा एक सय ४ ले लगाए कोभिशिल्ड, कसैमा साइड इफेक्ट देखिएन

  • ख-
  • ख+

दमौलीः कोभिड १९ विरुद्धको खोपले तनहुँमा कुनै पनि असाधारण चिह्न नदेखाएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।


तनहुँमा यस्तो खोप लगाएका एक सय चार जना स्वास्थ्यकर्मीमा कुनै पनि साइड इफेक्ट नदेखिएको पाइएको स्वास्थ्य तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।


देशैभर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीलाई लक्षित गरी थालिएको खोप अभियानअन्र्तगत पहिलो दिन बुधबार व्यास नगरपालिकासहित म्याग्दे र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेविका तथा एम्बुलेन्स र शब बाहनसँगै अस्पताल सफाइमा खटिएका कर्मचारीसमेतलाई यस्तो खोप लगाइने गरिएको छ ।


माघ १९ गतेसम्म गरी सबै तहका १७ सयलाई यस्तो खोप लगाउने योजना बनाइएको छ । सरकारीसहित निजी संस्थाका स्वास्थ्यकर्मीले पनि यस्तो खोप लगाउँदैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्