भानुका ४० विद्यार्थीलाई टिम नेपोद्वारा लत्ताकपडा र शैक्षिक सामग्री सहयोग

  • ख-
  • ख+

भानुःटिम नेपो तनहुँ संस्थाले भानु ६ स्थित मान्द्रेकालिका प्राविमा अध्ययनरत ४० विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा संस्थाले कापी कलम, जुत्ता मोजा लगायतका सामग्री विद्यार्थीहरुलाई प्रदान गरेको हो । संस्थाका अध्यक्ष गोविन्द तिमल्सिनाको नेतृत्वमा गएका पदाधिकारीहरुको टोलीले सहयोग वितरण गरेको संस्थाले जनाएको छ ।


कार्यक्रममा अध्यक्ष तिमिल्सना तथा विष्णु विश्वकर्माले संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको जानकारी दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खत्री र प्रधानाध्यापक कल्पना अधिकारीको रोहबरमा सहयोग वितरण गरिएको संस्थाका राज पन्थले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी