नहालामा बस पल्टँदा आठ घाइते

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुरको नहालामा एक यात्रुवाहक बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् ।

पोखराबाट विरगन्ज जाँदै गरेको ग १ ख ५६९० नम्बरको यात्रुवाहक बस केहीबेर अघि बन्दीपुर १ नहाला घुम्तीबाट पाँच मिटर तल बारीमा खसेको ट्राफिक प्रहरीले जनाएको छ ।


४० यात्रु सवार बसका आठ जना घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी