विद्यार्थीको सबै खर्च बेहोर्ने मौरतिको घोषणा

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि श्यामकुमार मौरतिले एक जना विद्यार्थीको सबै पढाई खर्च बेहोर्ने घोषणा गरेका छन् ।


व्यास १२ सिमल्स्वाँरास्थित अमरज्योति माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक विद्यार्थीको कक्षा १ देखि १० सम्मको सबै खर्च बेहोर्ने मौरतिले प्रतिवद्धता जनाए ।
बिबेकसिल युबा समाज गैंडाकोटले शैक्षिक सामग्री वितरण गर्नका लागि आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि मौरतिले कसैले पनि आर्थिक अभावमा शिक्षा लिनबाट बञ्चित नहुन् भनेर यस्तो घोषणा गरेको बताए ।


कार्यक्रममा सो विद्यालयमा अध्ययनरत कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरुलाई कापी तथा कलम वितरण गरिएको थियो ।


विद्यालयका प्रधानध्यापक रामजी तिमिल्सिनाको सभापततित्वमा कार्यक्रममा नेपाल तरुण दल तनहुँ क्षेत्र न १ का सहसचिव शिवहरि धिताल, सहायक प्रधानध्यापक बिनोद भट्टराई लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी