पत्रकारिता पुरस्कारका लागि तीन अक्षयकोष थपियो

  • ख-
  • ख+

दमौलीः पत्रकार महासंघ तनहुँमा पुरस्कारका लागि तीन अक्षयकोष स्थापना गरिएको छ । महासंघको १२ औं वार्षिक साधारण सभाका क्रममा विभिन्न व्यक्तिहरुले पुरस्कारका लागि अक्षयकोष स्थापनाका लागि रकम सहयोग गरेका हुन् ।


यसरी कोष स्थापना गर्नेमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनाल तथा पूर्व अध्यक्ष प्रदीप काफ्ले छन् ।
वरिष्ठ अधिवक्ता वाग्लेले आफ्ना पिता चिरञ्जिवी तथा माता हरिमायाको स्मृतिमा चिरनहरि पत्रकारिता अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।

एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार राशीको कोषले अदालत तथा वातावरणका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नेछ ।


यसैगरी महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्लेले आफ्ना पिता स्वर्गीय पुरुषोत्तम काफ्लेको स्मृतिमा एक लाख रुपैयाँको पुरुषोत्तम काफ्ले स्मृति कृषि, सहकारी तथा युवा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापनाको घोषणा गरे । कोषले कृषि, सहकारी तथा युवा पत्रकारिताका क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेछ ।


यस अघि पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले आफ्नी दिवंगत पत्नी भवानी खनालको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गरेका थिए । उनले दुई लाख रुपैयाँ पुरस्कारका लागि महासंघलाई रकम प्रदान पनि गरेका थिए ।


यस अघि नै महासंघमा सुरज गुरुङ स्मृति, टिकानिधि ढुंगाना वेदव्यास पराशर तथा भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष सञ्चालित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी