
दमौली: पत्रकारिताका क्षेत्रको विकासमा विशिष्ट योगदान दिएको भन्दै नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई पुरस्कृत गरेको छ ।
शाखाको १२ औं साधारण सभामा व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले मंगलबार दमौलीमा आयोजित कार्यक्रममा सुरज गुरुङ स्मृति पुरस्कार–२०७४ पूर्व अध्यक्ष मुक्तिनाथ खनाल, टिकानिधी ढुङ्गाना वेदव्यास पराशर पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्ले तथा भर्लेली केबलबहादुर स्मृति पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरियो ।

यसैगरी, सुरज गुरुङ स्मृति पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरियो ।





सुरज गुरुङ स्मृति पुरस्कारको राशी रु पाँच हजार रुपैयाँ छ ।
यसैगरी टिकानिधी ढुङ्गाना पुरस्कार पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पुरस्कारको राशी १० हजार राशी छ ।