लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क ‘खल्ती’बाटै भुक्तानी गर्न सकिने

  • ख-
  • ख+

काठमाडाैं:लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएकाे छ ।

लाेक सेवाले प्रकाशन गरेकाे विज्ञापनमा उसकाे वेवसाइटबाटै अनलाईन आवेदन गर्न सकिन्छ । अनलाइनमार्फत पहिलाे पटक आवेदन गर्न लाेकसेवाकाे वेवसाइटमा ब्यक्तिगत खाता बनाउनु पर्छ । पुरानाे उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् ।

त्यसमा  अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिन्छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी