बाढीका कारण घर र होटल गुमाएका व्यवसायीलाई होटल संघको सहयोग

  • ख-
  • ख+

म्याग्दे: बाढीका कारण घर नै भत्केर व्यवसाय बन्द गर्न बाध्य म्याग्देको अकलाका एक व्यवसायीलाई होटल व्यवसायी संघ तनहुँले २५ हजार राहत वितरण गरेको छ ।


आफ्ना सदस्य एवम् भण्डारी रिभर साइड होटलका सञ्चालक अशोक भन्डारीलाई नियमित बैठकका क्रममा सहयोग गरिएको कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए ।

संघका अध्यक्ष दुर्गाविलाश भटराईले भण्डारीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उनले एक व्यवसायी समस्यामा पर्दा अरु चुप लाग्न नहुने भन्दै सकेको सहयोग गरेको बताए ।गत असार २८ गते आएको बाढीका कारण उनको घरको धेरै भाग भासिए पछि भण्डारीको होटल बन्द छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी