सुनचाँदी व्यवसायी महासंघका निर्वाचितलाई सम्मान

  • ख-
  • ख+

देव गजमेर
दमौलीः
तनहुँ सुनचाँदी व्यवसायी संघले विभिन्न पदमा नवनिर्वाचित टिमलार्ई बधाई तथा स्वागत गरेको छ । दमौलीमा कार्यक्रम गर्दै संघले हालै सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौ र आठौ साधारण सभा तथा तेस्रो महाधिवेशन र गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवनिर्वाचित केन्द्र र प्रदेश दुवैतर्फका पदाधिकारीलाई सम्मान गरेको हो ।


कार्यक्रममा केन्द्रीय सचिव पुर्व अध्यक्ष केश बहादुर सुनार, केन्द्रीय सदस्यहरु पुर्व अध्यक्ष तेज बहादुर वि.क.र संघका वर्तमान अध्यक्ष कृष्ण सुनारलाई स्वागत गरिएका ेहो ।


गण्डकी प्रदेशको तर्फ बाट सह–कोषाध्यक्षमा निर्वाचित संघका कोषाध्यक्ष पुर्ण बहादुर वि.क.,प्रदेश सदस्यका नवचिर्वाचित संघका सचिव हरि गहतराज र एसोसिट सदस्य संघका साधारण सदस्य विकाश सदाशंकर लगायतलाई अविर तथा खादा लगाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थितले दुवै नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए । मटन तास घरमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष कृष्ण सुनारको अध्यक्षमा भएको कार्यक्रममा सचिव हरि गहतराजले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी