लायन्सको रक्तदानमा २२ युनिट रगत शंकलन

  • ख-
  • ख+

दमौली:दमौलीमा लायन्स क्लबहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ ।


लायन्स क्लब अफ तनहुँ दमौली, लायन्स क्लब अफ तनहुँ सत्यवती र लियो क्लब अफ तनहुँ सत्यवतीले संयुक्त रुपमा गरेको कार्यक्रम दमौली अनशन चौतारामा भएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले लायन्सले समाज सेवामा अतुलनीय योगदान पु¥याएको भन्दै दमौली अस्पतालका मृगौला बिरामीको डायलसिसका लागि रक्तदान महत्वपूर्ण भएको बताए ।


कार्यक्रममा लायन्सका जोन चियर पर्शन सुशिला शर्मा, क्लबका संस्थापक अध्यक्ष अध्यक्ष राकु श्रेष्ठ, रोटरी क्लब अफ दमौली दामोदर भण्डारीलगायतले बोलेका थिए ।
शिविरमा प्रादेसिक खबरकी पत्रकार शिला वाग्लेले २९ औं रक्तदान गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी