व्यास अल्ट्रा म्याराथन तयारीः सात सयलाई खानाको प्रवन्ध

  • ख-
  • ख+

दमौलीः सहिद दिवसका दिन हुने चौथो अल्ट्रा म्याराथनमा झण्डै सात सय जनाका लागि खानाको प्रवन्ध गरिएको छ ।

म्याराथनका दिनमा आउने धावकसहित स्थानीय दर्शक र अन्य आगन्तुकसमेतका लागि अन्तिम बिन्दुमै खाजा र खानासहितको व्यवस्था गरिन लागिएको छ ।


व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा उप प्रमुख मीरा जोशीसहितको टोलीले ४४ किलोमिटर दुरीको अल्ट्रा म्याराथनको अन्तिम बिन्दु पुलिमराङका स्थानीयसँग म्याराथनका लागि आवश्यक परामर्श गरेको छ ।


त्यसक्रममा स्थानीय समिति, होम स्टेलगायतका पदाधिकारीहरुले पर्यटकको स्वागत र स्थानीयस्तरमा गरिने व्यवस्थापनका लागि सघाउने प्रतिवद्धता जनाएका छन् ।


व्यास ८ का वडाध्यक्ष ओजराज पौडेलसमेत सहभागी छलफलका क्रममा म्याराथनका अतिथिको व्यवस्थित सत्कार तथा समग्र कार्यक्रम सफलताका लागि आवश्यक सर सहयोगका विषयमा सरसल्लाह गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।


सहिदको गाउँका रुपमा चिनिएको पुलिमराङ तथा आसपासको क्षेत्र कोभिडका कारण थलिएको होमस्टे पर्यटनसमेतलाई बढावा दिने आशाका साथ चौथो अल्ट्रा म्याराथनलाई पर्खेर बसिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी