महेन्द्र मावि माविमा चाँडै प्राविधिक शिक्षा थालिने

  • ख-
  • ख+

गुणादी: महेन्द्र माध्यमिक बिद्यालय म्याग्दे १ गुणादीको ४६ औँ वार्षिकोत्सव एवं अभिभावक सम्मेलन गुणादीमा सम्पन्न भएको छ । वार्षिकोत्सवको म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवशरण वाग्लेले उद्घाटन गरे ।

आजभन्दा ४६ वर्ष अगाडि स्थापना भएको विद्यालयले आजको दिनसम्म आइपुग्दा निकै फड्को मारेको बताए । विद्यालयको बारेमा बाहिर बाहिर निकै टिकाटिप्पणी गरिने तर बिद्यालयमा नआउने, कार्यक्रममा उपस्थित पनि नहुने गरिने प्रति उनले कटाक्ष गरे ।
आफु वडाअध्यक्ष भए पछि विद्यालयमा कायापलट गरिएको र त्यसको प्रमाण प्राङ्गणमा रहेको भवनले प्रमाणित गरेको उनको भनाइ थियो ।


विद्यालयको भवन निर्माणका लागि संघ तथा प्रदेश सरकारले कत्ति पनि पैसा नहालेकोमा वाग्लेको आपत्ति थियो । कार्यक्रममा पुर्व विद्यार्थी समाजका अध्यक्ष विकास खनालले बिद्यार्थीहरूको शैक्षिक गुणस्तरमा शिक्षक सँगै अभिभावकको पनि उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी रहने बताए ।


कार्यक्रममा विन्दु शर्मा खनाल , राजुु राना , पुष्पराज खनाल , वलभद्र वाग्ले , सन्तुमाया थापा , हेमचन्द्र खनाल , बिनोददत्त खनाल , शिरोमणि खनाल लगायतले बिद्यालयको प्रगतिको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक सोमबहादुर थापाले प्रस्तुत गरेका थिए ।


छात्रवृत्ति वितरण
कार्यक्रममा बद्री सुलोचना छात्रवृत्ति अन्तर्गत छात्रछात्राहरू रूजन थापा , गोमाया थापा , मनोज थापा , वृन्दा आले , पुस्पा थापा , वसन्त थापाले क्रमश १ हजार ५० रूपैयाँ नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

यस्तै विरेन्द्र श्रेष्ठ स्मृति छात्रवृत्ति , रविराज मधुमाया खनाल छात्रवृत्ति लगायतका छात्रवृत्तिको पुरस्कार विद्यार्थीहरू लाई प्रदान गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले गुणस्तरीय शिक्षाको लागि आँफु र आफ्नो टिम सधैं लागिरहेको बताए । उनले महायज्ञ को लक्ष्य अनुसार चाँडै प्राविधिक शिक्षा ल्याइने प्रस्ट्याए ।

रोजगारमूलक शिक्षाको लागि आफ्नो प्राथमिकता रहेको भन्दै खनालले सबैको सपना पूरा गर्न लागिपर्ने बताए ।


कार्यक्रममा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रअ रामशरण बाँस्तोला तथा शिक्षिका उमादेवी भट्टराईले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी