तनहुँका १० हजार बढीलाई कोभिड भ्याक्सिन लगाइने, कसले पाउँछन् ?

  • ख-
  • ख+

दमौलीः तनहुँका १० हजार २ सय ५९ जनालाई पहिलो चरणमा कोभिडविरुद्धको खोप लगाइने भएको छ । भारत सरकारबाट अनुदानमा प्राप्त खोप तनहुँका ३ प्रतिशत नागरिकलाई खोप दिन लागिएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा खोप लगाउने जनसंख्या, जिल्ला र डोजको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार तनहुँमा अनुदानमा प्राप्तमध्ये २४ हजार चार सय ४७ डोज खोप लगाइनेछ ।


यसैगरी, छिमेकको लमजुङका पाँच हजार एक सय ५२ जनालाई १२ हजार एक सय ५९ डोज खोप लगाइनेछ । यसैगरी कास्कीका १७ हजार चार सय ५९ जनालाई ४१ ह्जार दुई सय तीन तथा मनाङका एक सय ९० जनालाई दुई हजार पाँच सय ४० डोज खोप लगाइनेछ ।


एक जनालाई दुई डोज आवश्यक पर्ने खोप अहिले १० लाख डोज भारतबाट अनुदानमा आएको छ । यो खोप प्राथमिकताका आधारमा अग्रपंक्तिमा खटिएकालाई लगाइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

मन्त्रालयले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सहायताकर्मीलाई पहिलो चरणमा खोप लगाउने प्राथमिकतामा राखेको छ ।

एउटा डोज दिएको एक साताको अन्तरालमा अर्को डोज दिने गरी क्षेत्रीय भ्याक्सिन स्टोरमा यस्तो खोप भण्डारण गरिनेछ । गण्डकी प्रदेशमा पोखरामा यस्तो स्टोर छ । त्यहाँ भण्डारण गरी खोप नजिकका जिल्ला पु¥याइनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी