बन्दीपुरमा कांग्रेस बलियो बन्दैछः कोषाध्यक्ष गुरुङ

  • ख-
  • ख+

बन्दीपुर: नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले बन्दीपुरमा कांग्रेस थप बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँपालिका वडा न ५ ले गरेको विरोध सभामा बोल्दै उनले पार्टीका सबै नेताहरु एक भएर संगठन निर्माणमा लाग्नुपर्ने बताए । उनले वर्तमान सरकारका गतिविधि जनविरोधी भएकाले जनताले कांग्रेसलाई साथ दिने बताए ।


वडा सभापति ऋषिराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्याम श्रेष्ठ, पवित्र गौली, सुभाष अधिकारी, मङल गुरुङ, करन गुरुङ, बिष्णु घिमिरे , तारा माया भुजेल, रिता तिवारीलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी