छिम्केश्वरी–आँबुखैरेनी सडकमा ट्याक्टर पल्टँदा घटनास्थलमै मृत्यु

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनी २ ल्युतपाखास्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा पर्दा एक यात्रुको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान जानेमा आँबुखैरेनी २ अदुवाखर्क निवासी ४० वर्षका केशव दर्लामी छन् ।


उनको घटनास्थलमै ज्यान गएको हो । छिम्केश्वरी आँबुखैरेनी कच्ची सडकमा छिम्केश्वरीबाट आँबुखैरेनी जाँदै गरेको ग १ त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।


घटनामा परी तीन जना यात्रु घाइते भएका छन् । एक जना घाइतेलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी