पूर्व अध्यक्ष खनालद्वारा पत्रकारिता पुरस्कारका लागि २ लाखको अक्षयकोष स्थापना

  • ख-
  • ख+

दमौली: नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष मुक्तिनाथ खनालले शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गरेका छन् ।

आफ्नी दिवंगत श्रीमती भवानी खनालको स्मृतिमा पुरस्कारका लागि उनले पत्रकार महासङ्घ तनहुँ शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

महासंघका पूर्व अध्यक्ष प्रदीप काफ्लेलाई उनले दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको महासंघले जनाएको छ । पत्रकारिता अक्षयकोष स्थापना गर्ने पहिल्यैदेखिको चाहना बमोजिम आफूले सहयोग गरेको खनालले बताए ।

शाखाका अध्यक्ष ओमकार आचार्यले पत्रकारिता अक्षयकोष स्थापना गरेकामा खनाललाई धन्यवाद दिँदै अक्षयकोषबाट प्राप्त हुने रकमबाट वार्षिक रुपमा क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गरिने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी