‘शिशाघाटमा नयाँ सहर आयोजना’

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका ६ शिशाघाटमा नयाँ सहर विकास गरिने भएको छ । यसका लागि व्यास नगरपालिकाले ‘नयाँ सहर अवधारणा आयोजना’ प्रस्ताव गरेर नगर विकास कोषमा पठाउने निर्णय गरेको छ ।

नयाँ सहरका लागि आवश्यक प्रस्तावमा नगर विकास कोषले स्विकृती दिएमा त्यस क्षेत्रमा नयाँ सहर विकासको काम अघि बढाइने नगरपालिकाले जनाएको छ ।


बुधबार बसेको नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आसन्न चौथो खुला व्यास नगर अल्ट्रा म्याराथनको तयारीसहित विभिन्न आठ निर्णय पनि गरेको छ ।


मादीको घाटमा अस्थायी बिट बनाइने
नगरपालिका आफैंले सञ्चालन गर्न थालेका घाटबाट कर असुलीलाई ‘पारदर्शी’ बनाउने निर्णय बैठकले गरेको छ । हरेक घाटमा अस्थायी बिट स्थापना गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका अधिकृत मेघनाथ आचार्यले जानकारी दिए ।


नगरपालिकाले नगर विकास कोषको ऋण तथा अनुदान र नगरपालिका समेतको लगानीमा बनाउन प्रस्ताव गरिएको बहुद्देश्यीय भवनका लागि सम्झौता अघि बढाउने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी