खानेपानी मुहानको माटो सफा गर्न दमौलीको पानी आपूर्तिमा कटौती

  • ख-
  • ख+

दमौली: दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पोखरी सफा गर्नका लागि पानीको आपूर्ति कटौती गरेको छ । वर्षाको बाढी पसेर मादी किनारको पानी तान्ने क्षेत्रमा माटो जमेका कारण केही दिनयता सरसफाई थालिएको छ ।


त्यसका कारण दिनमा एक पटक मात्र पानी वितरणको श्रृंखला केही दिन चल्ने संस्थाका कोषाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । ‘पाँगो माटो पोखरीमा जम्मा भएकाले चाहिए जति पानी तान्न सकिएन,’ उनले भने,‘त्यसैले पोखरी सफा गर्न आपूर्ति कटौती गरेका छौं ।’


संस्थाले मंगलबार बिहान मात्र पानी वितरण गरेको थियो । बुधबार पनि साँझ पानी आपूर्ति नहुने श्रेष्ठले बताए । बिहिबार बिहान भने पानी वितरण हुनेछ । गुणादीको मुहान र एउटा मोटरबाट मात्र पानी तान्ने काम भएकाले जम्मा भएको पानी मात्र वितरण हुनेछ ।

काम नियमित भैरहे पनि सोचेजस्तो चाँडो सफाई गर्न नसकिएकाले एक दुई दिन आपूर्तिमा कटौती हुने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी