एक वर्ष पछि भोटेनीमा फेरियो भाँचिन लागेको पोल

  • ख-
  • ख+

‘ढुक्कसँग घरै बस्न पायौं’
दमौली:
एक वर्ष पछि व्यास ९ भोटेनीमा भाँचिन लागेको विद्युतको पोल फेरिएको छ । कुनै पनि बेला भाँचिएर खस्न सक्ने अवस्थाको दुई पोलका कारण जोखिमपूर्ण अवस्थामा बसिरहेका स्थानीयले दमौली न्यूज डटकममा समाचार प्रकाशन भए पछि बल्ल समस्याको समाधान पाएका छन् ।


त्यस क्षेत्रमा विद्युत सेवा दिइरहेको शिशाघाट बजार विकास समितिअन्र्तगतको सामुदायिक विद्युत समितिले समाचार आएकै दिन मंगलबार गएर दुईवटै पोल फेरिदिएको स्थानीय अमिर गुरुङले जानकारी दिए ।

आफूहरुले पटक पटक वडासहित विभिन्न ठाउँमा कुरा उठाए पनि समाधान नभएकामा टेलिभिजन तथा अनलाईनमा समाचार आए पछि तत्काल काम भएको उनले बताए । ‘यत्तिका समयदेखि भोगेको हाम्रो समस्या समाधान भयो,’ उनले भने,‘तपाईंहरुलाई धन्यवाद ।’
हावाहुरी चलेका बेला डराउनु नपर्ने उनले बताए ।

‘घरै अगाडिको पोल त्यस्तो हुँदा बच्चा बच्ची बुढाबुढी सबै डराएका थिए,’ उनले भने,‘अब ढुक्कले घरमा बस्न पायौं ।’
‘समाचार आए पछि तत्काल जोड्न लगायौं’
समितिका अध्यक्ष दिनबहादुर दुराले समाचार आए पछि आफूले तत्काल काम गर्न निर्देशन दिएको बताए । त्यस ठाउँमा पहिल्यै केही पोल जडानका लागि लगिएकामा मंगलबार जडान गरिएको उनले जानकारी दिए ।


‘नगरपालिकाले पोल दिएको भए पहिल्यै जोडिन्थ्यो’
व्यास नगरपालिकाले समयमै समन्वय गरेको भए लामो समय समस्या नहुने भए पनि आफूहरुले जोखिम देखेकाले आफ्नै पहलमा नयाँ पोल जडान गरिदिएको दुराले बताए । ‘नगरपालिकाले पोल दिएको भए पहिल्यै जोडिइसक्थ्यो,’ उनले भने,‘समन्वय नगर्दा समस्या भएको हो । तर हामीले पहिल्यै अन्त लगेको पोल भए पनि फेर्न लगाएका छौं ।’


पहिले आफूहरुले नेपाल सरकारमार्फत लागत सहभागीतामा ल्याउन लागेको पोल अब स्थानीय सरकारबाट मात्र आउने भएकाले स्थानीय सरकारले चाहिएका ठाउँमा नदिंदा समस्या भएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी