भाँचिएर खस्न ठिक्क पोल एक वर्षदेखि नफेरिंदा भोटेनीमा निम्तिएको त्रास

  • ख-
  • ख+

दमौलीःभाँचिन लागेको एक वर्ष भए पनि पोल नफेरिंदा व्यास ९ भोटेनीका बासिन्दा जोखिमपूर्ण रुपमा बसिरहेका छन् । घर अगाडिको काठे पोल भाँचिएर नुघे पनि मर्मत नगरिंदा कुनै पनि बेला घर तथा मानिसमाथि खसेर दुर्घटना गराउने अवस्था रहेको स्थानीय अमिर गुरुङले बताए ।

समस्याबारे वडा कार्यालय र विद्युत संस्थामा जानकारी गराए पनि समस्या समाधानमा कसैले चासो नदिंदा दिन दिनै डराएर बाँच्नुपरेको उनको गुनासो छ ।

व्यास ९ का वडाध्यक्ष सुरेश थापाले एउटा पोल फेर्न दिए पनि शिशाघाट बजार विकास समितिअन्र्तगतको सामुदायिक विद्युतले नजोडिदिएको र अर्को पोल फेर्न पनि चासो नदेखाएको आरोप लगाए ।

सामुदायिक विद्युतीकरणका अध्यक्ष दिनबहादुर दुराले मर्मतका लागि आफूहरुसँग पोल नभएको तर नगरपालिकाले वितरण गर्ने पोल आफूहरुसँग समन्व्य नगरीकन वितरण हुँदा बढि चाहिएको अवस्थामा समयमा दिन नसक्ने समस्या भएको दाबी गरे ।

उनले आफूहरुले केही ठाउँमा काम चलाए पनि सबैतिर नसकेकाले स्थानीय सरकारसँग पोल माग गरेको र प्राप्त भए पछि नयाँ जोडिदिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी