महिला उद्यमीकी अध्यक्ष गौली सम्मानित

  • ख-
  • ख+

दमौलीः नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी विकास समितिकी नवनिर्वाचित अध्यक्ष कल्पना गौलीलाई दमौलीमा सम्मान गरिएको छ ।


सर्वसम्मत रुपमा महत्वपूर्ण पद अध्यक्षमा निर्वाचित भएको भन्दै उनलाई व्यास–२ स्थित नवजागरण टोल विकास सस्था र नवजागरण आमा समुहले सम्मान गरेको हो । टोल विकास सस्थाकी अध्यक्ष इन्द्रा शाही र आमा समुहकी अध्यक्ष गोमा दाहाल लगायत पदाधिकारीहरुले एक कार्यक्रम गर्दै सम्मान गरेका हुन् ।


सो अवसरमा अध्यक्ष कल्पनाले महिला उद्यमशिलता विकासका लागि आवश्यक तालिम ल्याउने भन्दै कौशी तरकारी खेतीसहितका उद्यमशीलताका सीप र क्षमतामूलक तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी