घरेलु महासंघमा पुनः रत्नकुमार सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको अध्यक्षमा पुनः व्यवसायी रत्नकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
व्यास ४ कृष्णपुरमा शनिबार सम्पन्न २१ औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको हो ।


समितिको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र चयन भएका छन् ।
कार्य समितिका सदस्यहरूमा सरस्वती श्रेष्ठ, सीता खनाल, निरू भुजेल, शान्ति कुँवर, सीता अधिकारी, हर्षमान श्रेष्ठ ‘साईराम’ , धनमाया पौडेल, सरू कुमाल, धनमाया राना तथा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् ।


महासंघअन्र्तगत महिला उद्यमी समितिको अध्यक्षमा कल्पना गौली, वरिष्ठ उपाध्यक्ष कृष्णकुमारी रानाभाट, उपाध्यक्ष सपना श्रेष्ठ, महासचिव सृजना कोइराला, कोशाध्यक्ष धनमाया पौडेल चयन भएका छन् ।

समितिका सदस्यहरूमा जानकी थापा , कल्पना थापा, खिरमति मगर, तुलसी शाह, सर्मिला विक, बिमला श्रेष्ठ र भवि दुरा चयन भएका छन् ।

महासंघको केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, राहिणीराज लौडारी, मछिन्द्रदेवी श्रेष्ठ र रामजी लौडारी तथा महिला उद्यमी समितितर्फबाट बसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

अधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी